प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
सरकारले मंगलबार संघीय संसदको दुवै अधिवेशन अन्त्य गरिसकेको छ । राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रीत छन् ।
एमाले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्