रोशन दिप – हेटौडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा मङग्लबार मङ्सिर २७ देखी १३ वर्षपछि प्रदर्शन हुन लागेको यस वर्षकै बहुप्रतीक्षित हलिउड साइन्स फिक्सन मुवी ‘अवतार’को दोस्रो श्रृंखला प्रर्दशन भएको छ ।
‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक ग्रस कमाउने रेकर्ड समेत राखी सकेको थियो ।साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ । फिल्मको लम्बाइे ३ घण्टा भन्दा बेसी छ ।ट्रेलरले फिल्मको कथावस्तुमा महत्वपूर्ण खुलासा समेत गरेको छ । पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिसको सेना र आदिवासीबीच लडाइँ हुन्छ । यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन् ।
मल्टीप्लेक्सहरुले दिएको शो र आक्रामक बुकिङ हेर्दा यो फिल्मले नेपालमा रेकर्डतोड कमाई गर्ने देखिएको छ। टिकट लिनको लागि एन एस सिनेमाको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । चलचित्रको समय अली लामो भएकोले सो को समय पनि पहिलेको भन्दा फरक गरिएको बताउदै हलको संपर्क नम्बर ०५७-५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्