रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा सेप्टेम्बर ७ भदौ २१ गते बिहिवार देखि हिन्दी फिल्म ‘जवान’ प्रदर्शनमा आउने भएको छ।
बलिउडका किङ्ग खान उर्फ शाहरूख खानको फिल्म जवानको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। आज भदौ १९ गते मङ्गलवार देखि एनएस सिनेमा हल हेटौडामा अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै जवान ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ भने विश्वव्यापी रूपमा ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ।
अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म पठान को रेकर्ड तोडेका छन्। उनको फिल्म पठान को २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो।
जवान को यसरी नै टिकट बुकिङ भयो भने एसएस राजामौलीको फिल्म बाहुबली २ को रेकर्ड तोड्ने अनुमान गरिएको छ। बाहुबली २ को विश्वव्यापी रूपमा ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो।
साउथका डाइरेक्टर एटली कुमारले निर्देशन गरेको फिल्म जवान मा शाहरूखसँगै साउथ कलाकार नयनतारा, विजय सेतुपथी, अभिनय छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ।
गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका पादुकोणलाई हामीले क्यामीयो रोलमा देख्न सक्छौँ।
अब तपाईँ भने एनएस सिनेमा हलमा गएर जवान हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्