रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा यहि बिहिवार साउन २५ गते देखि राज्निकान्त अभिनित चलचित्र जेलर र २६ गते शुक्रबार देखि अक्षय कुमार अभिनित चलचित्र ओएमजी २ तथा शनि देवल अभिनित चलचित्र गदर २ एकैसाथ प्रदर्शनमा आउँदै छन् ।
करिब दुई वर्षपछि रजनीकान्त जेलर मार्फत ठूलो पर्दामा फर्कन लागेका हुन् । फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक छन् । दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ कि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेका छन् ।
साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
फिल्मको एड्भान्स बुकिङ सुरु भइसकेको छ। छ। फिल्म रिलिज हुने र रजनीकान्त अभिनित फिल्मको अहिलेसम्मकै उच्च ओपनिङ हुने प्रक्षेपण गरिएको छ । नेल्सन दिलीपकुमार निर्देशित यो फिल्मलाई एक्सन इन्टरटेनर बताइएको छ । फिल्ममा रजनीकान्तले अवकाशप्राप्त प्रहरीको भूमिका निर्वाह गरेका छन् ।
………………………………………………………………………..
बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित को ट्रेलर कमेडी ड्रामा फिल्म ‘ओएमजी २’मा अमित रायका लेखन र निर्देशन रहेको छ। यो सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘ओ माई गड’को सिक्वेल हो।
सन् २०१२ मा प्रदर्शनमा आएको ‘ओ माई गड’ मा अक्षय भगवान् कृष्णको भूमिकामा थिए। उनीसँगै फिल्ममा परेश रावल, मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय थियो भगवान् शिवका भक्त कान्तिशरणको कथा देखाइएको छ। सामान्य मान्छे, माया गर्ने बुबा र असल श्रीमानका रूपमा कान्तिशरणको भूमिकामा अभिनेता पंकज त्रिपाठी देखिएका छन्। फिल्ममा अक्षयसँगै यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ।
उनको छोरालाई अनैतिक व्यवहारको आरोपमा विद्यालयबाट निकालिन्छ। त्यसपछि उनको जीवनमा आउने उतारचढावमा सहयोग गर्न शिव दूत आउँछन्। अक्षय कुमार शिव दूत बनेका छन्।
फिल्म ‘ओएमजी २’लाई भारतको सेन्सर बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको छ। यो सर्टिफिकेट ती फिल्मलाई दिइन्छ जो अश्लीलताको श्रेणीमा आउँछन्। जसलाई १८ वर्षमाथिकाले मात्र हेर्न सक्छन्। सेन्सर बोर्डले ‘ओएमजी २’ मा थुप्रै दृश्य परिवर्तन गरेको छ। केही आपत्तिजनक दृश्य र संवादमा पनि सेन्सर बोर्डले कैँची चलाएर रिलिज गर्ने अनुमति दिएको छ।
………………………………………………………………………..
सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को २२ वर्षपछि सिक्वेल निर्माण भएको छ । पहिलो श्रृंखला तारा सिंह र सकीनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरुको छोरामा केन्द्रित रहेकोसंकेत गर्छ ।
ट्रेलरमा बुबा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ । फिल्मले सन् १९७० मा भारत-पाकिस्तान युद्धको परिवेशलाई प्रस्तुत गरेको छ । भारतीय सेनामा भर्ती भएर पाकिस्तानी सेनाको कब्जामा परेको छोरालाई बचाउन तारा सिंहले गर्ने संघर्ष देखाइएको छ । पहिलो श्रृंखला तारा सिंहले पाकिस्तानमा पुगेर श्रीमती सकीनालाई फिर्ता ल्याउन गरेको संघर्षमा आधारित थियो ।
पहिलो श्रृंखलामा मेयर अशरफ अलीको भूमिका निर्वाह गरेका अमरीश पुरीको निधन भैसकेका कारण सिक्वेलमा मनीष वाधवा र रोहित चौधरीले भिलेनको भूमिकामा निभाएका छन् । तारा सिंहको भूमिकामा सनी देओल र सकीनाको भूमिकामा अमीषा पटेल छन् । उनीहरुको छोराको भूमिका उत्कर्ष शर्माले निभाएका छन् । ‘गदर’मा उनले बाल कलाकारको रुपमा अभिनय गरेका थिए ।
२००१ मा आमिर खान अभिनीत फिल्म ‘लगान’सँग बक्स अफिसमा भिडन्तका बावजूद ‘गदर’ले त्यसबेला विश्वभर १ सय ३२ करोड ६० लाख कमाएको थियो । भारतीय बक्स अफिसमा मात्र फिल्मको कमाई ७६ करोड ६५ लाख रहेको थियो । फिल्ममा समावेश ‘मैं निकला गड्डी लेके’ र ‘उड़जा काले’ गीत अहिले पनि उतिक्कै लोकप्रिय छन् । ‘गदर २’लाई अनिल शर्माले निर्देशन गरेका हुन् ।
अब यी ३ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्