रोशन दिप – हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा श्रावण १२ शुक्रबारदेखि बलिउड सुपरस्टार आलिया भट्ट र रणवीर सिंहको नयाँ बलिउड हिन्दी फिल्म ‘रकी और रानीकी प्रेम कहानी’, रिलिज भएको छ ।

धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय समेत रहेको ‘रकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरेका हुन् । कमेडी र फेमिली ड्रामा जनरामा राखिएको फिल्मको लम्बाइ १६९ मिनेट छ ।

यो एक फरक व्यक्तित्व भएका जोडीको बारेमा हो, जसले विवाह गर्नुअघि तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् । रकी रन्धावा् रणवीर एक लाउड र तेजस्वी पञ्जाबी पुरुष हुन् । रानी चटर्जी आलिया एक बौद्धिक बंगाली पत्रकार हुन् । आफूहरुको सम्बन्धलाई लिएर पारिवारिक विरोधको सामना गरेपछि उनीहरुले विवाह गर्नुअघि तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् । यो एक पारिवारिक चलचित्र हो जसको एकदमै राम्रो रिभिउ आइरहेको छ । त्यसैले तपाईँ भने फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ हेर्न नछुटाउनु होला ।

टिकट लिनको लागि एनएस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।