रोशन दिप –हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा डिसेम्बर १ मंसिर १५ गते शुक्रबार देखि दुइ बहु प्रतीक्षित हिन्दी मुवी एनिमल र सैमबहादुर रिलिज हुँदै छ।
रणवीर कपुर अभिनित एनिमलले आक्रामक अग्रिम टिकट बुकिङ पाइसकेको छ।
‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ।
‘एनिमल’को माग यति धेरै छ कि भारतमा केही थिएटरले त बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन्। ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन्। अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने छ ।
एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो। कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
चलचित्रको संगीत पनि निकै रुचाइएको छ। हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।
……………………………………………………………………………………………………………………………………………….
बलिउड अभिनेता विक्की कौशल मुख्य भूमिकामा रहेको फिल्म सैम बहादुर बहुप्रतीक्षित फिल्म हो जसमा विक्कीले भारतीय थल सेनाका पूर्वअधिकारी सैम मानेकशाको भूमिका निर्वाह गरेका छन्।
सेनाका पूर्वअधिकारीको भूमिकामा विक्की निकै जमेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरिरहेका छन्। फिल्म सन् १९७० को युद्ध देखाइनेछ। त्यो युद्धपछि नै बंगलादेश बनेको थियो। युद्धमा पाकिस्तानलाई हराउने र नयाँ राष्ट्र निर्माणको श्रेय सैमलाई नै दिइएको छ।
सैम मानेकशाको बायोपिकको निर्देशन मेघना गुलजारले गरेकी छन्। विक्की र मेघनाले फिल्म ‘राजी’मा पनि सँगै काम गरेका थिए।
यी २ चलचित्र मध्ये बक्स अफिसमा कसले बाजी मारलान त्यो त समयले नै बताउँछ तर तपाईँ भने एनएस सिनेमा हलमा गएर आफुलाई मन परेको मुवी हेर्न न छुटाउनु होला ।
टिकट लिनको लागि एन एस सिनेमा हलको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ मा अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।

































प्रतिक्रिया दिनुहोस्