इरानसँगको आणविक सम्झौता पुनःउत्थानका लागि यसै हप्ता बैठकको तयारी भएको छ ।

युरोपेली सङ्घ ९ईयू० को प्रस्तावमा इरानले प्रतिक्रिया जनाएपछि बैठक बस्न लागेको ईयूका उच्च कुटनीतिज्ञले बताएका छन् ।

इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता ९जेसीपीओए० लाई पुनर्जीवित गर्ने प्रयास महत्त्वपूर्ण मोडमा छ ।

जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् ।

गएको हप्ता भियतनाममा तय भएको बैठक बस्न सकेको थिएन । ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बैठकको तयारी तीव्र पारेको जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै फिर्ताको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो ।

।उज्यालो अन्लाइन बाट साभार गरिएकोछ

पुनःउत्थानका लागि यसै हप्ता बैठकको तयारी भएको छ ।