निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिने छ।

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ।

नागरिक न्युजबाट साभारछ ।