Rato Samachar
Tue, 16 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

अल्पसङ्ख्यक बोटेको पहिचान लोप हुन लागेकामा चिन्ता

उदयपुर, १३ साउन ९रासस०ः जिल्लामा बसोबास गर्दै आएका विभिन्न जनजाति र आदिवासीमध्येका बोटे समुदायको पहिचान लोप हुने अवस्थामा पुगेको छ । जिल्लामा अल्पसङ्ख्याकको रुपमा रहेको बोटे राज्यमा मात्र नभइ जिल्लाभित्र पनि पिछडिएका कारण उक्त जातिको पहिचान लोप अवस्थामा पुगेपछि चिन्ता व्यक्त गर्न थालिएको हो । जिल्लामा बसोबास गर्दै आएका झण्डै १७ जनजाति तथा आदिबासीमध्ये अहिले हायु र बोटेजस्ता जनजाति जिल्लामा अल्पसङ्ख्यकको रुपमा रहँदै आएका छन् । हाल जिल्लाको त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाट र नगरकै वडा नं २ को मोथ्याई क्षेत्रमा मात्र बसोबास गर्दै आएका बोटेको अहिले उदयपुरमा झण्डै तीस घरपरिवार मात्र रहेकोे बोटे समाजका जिल्ला अध्यक्ष नन्दमान बोटे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“आफूहरुको पुर्खा चितवन र बाग्मती किनार क्षेत्रमा पनि अल्पसङ्ख्यकका रुपमा रहँदै आएको र अन्दाजी दुईसय वर्षअघि केही पुर्खा उदयपुर क्षेत्रमा प्रवेश गरेर नदीमा माछा मार्ने तथा डुङ्गा चलाउने कार्य गर्दै आएको र उनै पुर्खाका हामी अल्पसङ्ख्यक शाखा सन्तानको रुपमा अहिले यहाँ बस्दै आएका छौँ ।”नन्दमानका अनुसार बोटेहरु अहिले चितवनको माडी क्षेत्र, रौतहटको बाग्मती किनार र सुनकोशीको केही क्षेत्रका साथै उदयपुरमा पनि रहँदै आएका छन् ।बोटे समाजका ७५ वर्षीय पाका सदस्य तथा बोटेजातिका जानकार चञ्चलालका अनुसार आफ्ना पुर्खा माझी थिए । ललहरि र निलहरि दुईप्रकारका माझीमध्ये आफूहरु भने ललहरितर्फका सन्तान भएको कुरा चन्चलाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“बोटे विभिन्न गोत्रमा विभाजित भएका कारण सोही अनुसार विवाहवारी चल्ने गरेको छ ।” सेतो जिब्रे, कालाजिब्रे, ध्वाँसे, धुरी ध्वाँसे, हातीखेदे, सुनबोटे र कासबोटे गोत्रका बोटे छन् भने यहाँ रहँदै आएका बोटेहरुमध्ये अहिले प्रायः सेतो जिब्रे र कास बोटे गोत्रका रहेको जानकार चञ्चलाल बताउनुहुन्छ । अहिले बोटे जातिका एक युवक नेपाली सेना र अर्का नेपाल प्रहरीमा जागिरे भए पनि बोटेजाति अहिले जिल्लाका हरेक क्षेत्रमा अल्पसङ्ख्यकको रुपमा रहेको र हरेक क्षेत्रमा पछि पर्दै गएका कारण आफूहरुको पहिचान नै लोप हुने अवस्था आएको अर्का ७३ वर्षीय नरमान बोटे गुनासो गर्नुहुन्छ। एक महिला सुमित्रा बोटेले स्नातक पास गर्नुभएको र अन्य दुई युवाले मात्र प्रवेशिकासम्मको अध्ययन गरेका छन् भने अधिकांश बोटे अनपढ र अशिक्षित अवस्थामा रहेको नरमान बोटे बताउनुहुन्छ । अहिले जिल्लामा स्थानीय तहको सरकारमासमेत बोटेजातीलाई समावेश नगराइएको र आफूहरुको संस्कृति संरक्षणमा पनि कसैले चासो नदिएकाले आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रबाटसमेत जिल्लामा सबैभन्दा पछाडि पर्दै जानुपरेका कारण पहिचान नै लोप हुने अवस्था आएको भन्दै अधिकांश बोटे चिन्तित बन्न थालेका हुन् । थानीय तहको कुनै पनि समितिमा समेत आफूहरुलाई समावेश नगराइएको र जिल्लाका राजनीतिक दलहरुले समेत निर्वाचनको बेला भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने तर अरुबेला वास्ता नगर्ने गरेका कारण स्थानीय तहमा समेत आफूहरुको उपस्थिति शून्य नै बन्न पुगेको बोटे समाजका अर्का अगुवा दुर्गा बोटेको गुनासो छ । पुख्यौली पेसा नदी किनारमा डुङ्गा चलाउने भए पनि बदलिँदो परिवेशले डुङ्गा चलाउने पेसा विस्थापन गराएकाले अहिले नदीकिनार क्षेत्रमा बसोबास गर्दै माछा मार्ने काम मत्र गर्दै आएको उनीहरुको गुनासो छ। प्रत्येक वर्षको असार १ गते कूलदेबता ‘राजाजी’को पूजा आरधाना गर्ने बोटेजाति गरिबी, अशिक्षा तथा बेरोजगारीका कारण अहिले अन्यत्रै पलायन हुनपर्ने अवस्थामा पुगेका छन् ।कम्तीमा स्थानीय तहको सरकारले आफूहरुको विकासका लागि रोजगारी, भाषा र संस्कृतिको संरक्षण तथा शिक्षामा सहयोग गरिदिए मात्र पनि संस्कृति र पहिचानको संरक्षण हुने बोटे अगुवाको धारणा छ । बोटे अगुवा चन्चलाल भन्नुहुन्छ,“जिल्लामा धेरै राजनीतिक दल र तिनका भातृ सङ्गठन छन् तर बोटे जातिका एउटा पनि व्यक्ति ती दलका कार्यकर्ता तथा नेता बन्न सकेका छैनन् र राजनीतिक दलहरुले पनि बोटेलाई पार्टीमा कुनै जिम्मेवारी दिएर अगाडि बढाएका छैनन्, यस्तो अवस्थामा आफूहरुको राजनीतिक विकाससमेत हुननसकेकाले दिन दिनै पछ्यौटे हुँदै गएका छौँ ।” जिल्लाभित्र स्थानीय तहको निर्वाचनमासमेत बोटेलाई राजनीतिक दलहरुले वडाको सदस्यमा समेत उम्मेदवार नबनाउनका साथै समावेशी कोटामा समेत नराखेका कारण स्थानीय जनप्रतिनिधिको रुपमा पनि उपस्थिति हुन नसकिएको र राजनीतिक भविश्य पनि अन्योल रहेको उनीहरुको गुनासो छ ।जिल्लाको त्रियुगा नगपालिका क्षेत्रको वडा नं १२ र वडा नं– २ मा गरेर अहिले बोटेहरुको सङ्ख्या ३० घरपरिवार अर्थात २२० को हाराहारीमा बोटेको सङ्ख्या रहेको बोटे अगुवा चन्चलाल बताउनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

मनहरीलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिँदै, देशकै ठूलो गौतम बौद्धको मूर्तीसँगै भ्यु टावर बन्दै, मध्यवती क्षेत्रको जङ्गली जनावरबाट भने स्थानीय त्रसित

रोहित थापा क्षेत्री

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology