Rato Samachar
Sun, 13 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९ औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ । किमले आफ्ना विरोधी राष्ट्रहरूलाई आणविक हतियारको धम्की दिए पनि संयुक्त राज्य अमेरिका र यसका सहयोगी दलका उच्च सैन्य दलविरुद्ध ती हतियारहरू प्रयोग गर्ने सम्भावना निकै कम रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन् । उत्तर कोरियाको आधिकारिक समाचार संस्था, कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार किमले बुधबारको सम्बोधनमा भने, “हाम्रो सशस्त्र फौज कुनै पनि संकटको प्रतिक्रिया दिन पूर्णतया तयार छ र हाम्रो देशको आणविक युद्ध रोकथाम पनि आफ्नो पूर्ण शक्तिलाई कर्तव्यपूर्वक, ठ्याक्कै र छिटो आफ्नो आवश्यकता अनुसार जुटाउन तयार छ । नेता किमले संयुक्त राज्य अमेरिकाले आफ्नो वैरभावपूर्ण नीतिलाई सफाइ दिन उत्तर कोरियालाई ‘प्रेतिकरण’ गरेको आरोप लगाए । उनले भने, “उत्तर कोरियालाई लक्षित गर्ने अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले अमेरिकाको ‘दोहोरो मापदण्ड’ देखाएको र यसले उत्तर कोरियाको नियमित सैन्य गतिविधिलाई ‘ब्रान्डिङ’ गरेको छ । यो उसको क्षेप्यास्त्र परीक्षणको स्पष्ट सन्दर्भ हो । उत्तर कोरियाले यसलाई उत्तेजना वा धम्कीको रूपमा ब्याख्या गरेको छ ।” किमले राष्ट्रपति योन सुक योलको दक्षिण कोरियाको नयाँ सरकारको नेतृत्वले मुठभेड चाहेको बताए । नयाँ नेतृत्वलाई उनले दक्षिण कोरियाका परम्परावादी सरकारको निरन्तरता बताएका छन् । मे महिनामा पदभार ग्रहण गरेदेखि नै योन सरकार संयुक्त राज्य अमेरिकासँग सियोलको सैन्य गठबन्धनलाई सुदृढ पार्न र पूर्व आक्रमण क्षमतासहित उत्तर कोरियाका आणविक खतराहरूलाई तटस्थ पार्ने आफ्नो क्षमता बढाउन अघि सरेको छ । उत्तर कोरियाली अर्थव्यवस्था महामारीसँग सम्बन्धित प्रतिबन्ध, अमेरिकी नेतृत्वमा रहेका उत्तर कोरियाविरोधी प्रतिबन्ध र किमको आफ्नै दुरुपयोगका कारण उनले ठूलो सार्वजनिक समर्थन खोजिरहेका छन् । सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लिफ–एरिक इस्लीले किमको पछिल्लो चेतावनीबारे भने, “सैन्य तथा आर्थिक तवरमा संघर्षरत शासनलाई सफाइ दिन बाह्य खतराको सन्दर्भ देखाएर किमको भनाइ आएको छ । उनले भने, “उत्तर कोरियाका आणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरू अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानिन्छ तर किमले आफ्नो अस्थिर हातहतियार निर्माणलाई आत्मरक्षाको सही प्रयासको रूपमा चित्रण गर्ने कोसिस मान्न सकिन्छ ।”राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology