बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटार रंगशालामा जारी मकवानपुर जिल्ला फुटबल संघद्धारा आयोजित स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो चरणको अन्तिम खेलबाट क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

प्रिक्वाटरफाइनल अन्तरगत शुक्रबार भएको खेलमा रारा क्लब धनकुटाले पुलिस क्लब काठमाण्डौँलाई २-० को अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरीका साथ खेले भने दास्रो हाफमा रारा क्लबका तर्फबाट अजयी मार्टिनले एक गोल गरे । मार्टिनले गोल गरेको केहि समय पछि फेरी राराकै तर्फबाट सुसील लमाले अर्को गोल गर्दै टिमलाई २-० को अग्रतामा पुर्‍याए भने एता पुलिसका तर्फबाट निर्धारीत समयमा कुनै गोल फर्काउन नसकेको कारण पुलिसले हार व्यहोरनु पर्‍यो ।

खेलको म्यान अफ द म्याच रारा क्लब धनकुटाका तर्फबाट अजयी मार्टिनल घोषित भएका छन् । जितसँगै रारा क्लब धनकुटा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल अन्तरगत भोली शनिबार चर्च ब्वाइ युनाइटेड र न्युरोडटिम एनआरटी बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ । हेटौडा–१५ स्थित न्युडाँफे युथको व्यवस्थापनमा करिब १ करोड ६० लाख रुपैयाँ लागत अनुमान खर्च हुने प्रतियोगिताका लागि प्रवेश शुल्क एक सय रुपैयाँ र भिआपी टिकटको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने । समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।