रुस–युक्रेनबीच बेलारुसमा शान्तिवार्ता भैरहने पनि रुसी सेना युक्रेनी राजधानी किभतर्फ बढिरहेका छन् ।

हिजो करिब तीनमाइल बन्दोबस्तीसहित रुसी बख्तरबन्द गाडीहरु त्यसतर्फ बढिरहेको समाचार आए पनि अहिले भर्खरै सार्वजनिक भएको स्याटलाईट तस्बिरअनुसार ४० माइल (६५ किलोमिटर) भन्दा बढी लामो लाइन रहेको बताइएको छ ।

बेलारुसको सीमाबाट राजधानी किभको उत्तरपश्चिमतर्फ रुसी सेना अगाडि बढिरहेको समाचार अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको हो ।
राजधानी किभको उत्तरपश्चिमतर्फका बाटाहरु सबै दक्षिण बेलारुसमा गएर टुङ्गिन्छ ।

युक्रेनमाथि आधिपत्य जमाउनको लागि रुसले अत्याधिक मात्रामा सेनालाई बेलारुसमा तैनाथ गरेका छन् ।

बेलारुस र रुसको संयुक्त सैन्य अभ्यास भन्दै केही हप्ताअघि रुसका सैन्य विमान, हेलिकप्टर, बख्तरबन्द गाडी, ट्ंयाकलगायतका बेलारुसमा जम्मा पारिएको थियो । अभ्यास सम्पन्न भए पनि रुसी सेना रुसमा फर्केनन् ।

राजधानी किभलाई कब्जा गर्न रुसी सेनालाई सहज बनाउन बेलारुस र युक्रेनको सीमा रहेको प्रीपयाट नदीमा रुसले पोन्टुन पुलसमेत बनाएका छन् ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो