जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध सहित गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

मकवानपुर हेटौडा वडा नम्बर ३ तिनताप्के बस्ने ३१ वर्षका को ईश्वर लामालाई ४१ किलो ५सय ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।

मकवानपुर प्रहरीको जानकारी अनुसार विषेश सूचनाको आधारमा बेलुका ४ बजेको समयमा प्रहरी टोलीले घरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला पारि उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।