
रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा ८ कमानेमा कमाने महोत्सव–२०८१ हुने भएको छ ।
संयोजक तथा वडा नं ८ का अध्यक्ष रामकृष्ण थापाले नीमचोक देखी अम्मरसिं पथ सम्म सडकमँ महोत्सव हुने बताउँदै स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रवद्र्धन, स्थानीय व्यापार प्रदर्शनी गर्ने उद्देश्यले पुष ११, १२ र १३ गते महोत्सवको आयोजना गरिएको बताए ।
आयोजक टिमले वडाको भित्रै रहेका २१ वटा बाल समूहहरुको विभिन्न सैस्कृति झल्कने खाल्को कार्यक्रमहरु देख्न पाइने जानकारी गराउँदै महोत्सव कुल ८ लाख रुपैयाँ अनुमानित लागत लाग्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्