
रोशन दिप – हेटौडा उपमहानगरपालिका वडा नं ५ लाई शनिबार बालमैत्री वडा घोषणा गरिने भएको छ ।
हेटौडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा निकृष्ट बालश्रम मुुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने वडा अध्यक्ष सुशील घिमिरेले बताए ।
वडाले ७ जना बालश्रममा फसेका बालकहरुको उद्दार गरेको, दुईवटा सम्म वालविवाहलाई रोकेर अभिभावकको जिम्मा लगाएको जानकारी दिए ।
वडाले आवश्यक ५१ वटा सुचक मध्य ४७ सुचक पुुरा गरिसकेको र बाँकी ४ सुचकम घोषणा गर्नका लागि आवश्यक पर्ने न्यूनतम नतिजा हासिल गरेको बताउदै वडाको बालमैत्रीको घोषणा तयारीका लागि २ लाख बजेट लागेको जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्