हेटौंडामा रहेको सेवा सहयोग र आवाजमा हामी (एस.एस.ए.एच.) नामक संस्थाले हेटौंडा उपमहानगरको क्षेत्र वरपर चल्ने सवारी साधान मोटरसाइकलको ध्वनी प्रदुषण न्युनीकरणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण गराएको छ ।
बजार क्षेत्रमा चल्ने सवारी साधानको स्वरुप परिवर्तन गरेर चलाइदै गर्दा बडदो गइरहेको ध्वनी प्रदूषणका कारण मानिस र वातावरण दुबैका लागि हानिकारक हुने भएकाले न्युनीकरणको अपिल गर्दै संस्थाको तर्फबाट प्रमुख जिल्ला अधिका तिर्थराज चिलुवाललाई संस्थाका अध्यक्ष विशालराज महत सहित टोलीले ध्यानाकर्षण पत्र बुभाएका हुन् ।
संस्थाका अध्यक्ष विशालराज महतको हस्ताक्षर पत्र सहित उपाध्यक्ष रामविक्रम थापा, सचिव राजेश थापा गरिब, कोषध्यक्ष मञ्जिता मैनाली, सदस्यहरु हरिबहादुर कुँवर, राजेश श्रेष्ठ सुवोध सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
…………………………………………..
………………………………………..
ध्यानार्कष पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले ध्वनि प्रदुषणसम्बन्धि उठेका विषयमा चासो लिएर न्युनीकरणका लागि काम गर्ने बताए ।
निकै महत्वपूर्ण र गम्भिर विषय भएकाले उठाएका कुरा सडकमा मोटरसाइकलमात्र नभएर ठूला गाडीले निकाल्ने आवाज न्यून गर्न यातायात, निकाय लगायत सरोकारवालाहरुसंग तत्काल बैठक राखेर प्रक्रिया अनुसार अघि बढ्ने प्रजिअ चिलुवालले बताएका छन् ।
ध्वनि प्रदुषण गर्ने व्यक्तिहरुलाई समेत कानुनी प्रक्रिया अनुसार कारबाही समेत गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्