हेटौंडा उपमहानगर पालिका १९ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

हेटौंडा १९ ज्यामिरेको शेरशेरमा शुक्रबार कार्यक्रमको आयोृजना गर्दै प्रमुख अतिथि हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले घोषणा पत्र पढेर  निकृष्ट बालस्रम्मुक्त , बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा , वडालाई बाल श्रममुक्त, बाल विबाहमुक्त स्थानीय शासनयुक्त वडा घोषणा गरेृकी हुन् ।

यसअघि हेटौंडामा २, ४, ७, ८, ९, १०, ११, १५ र १७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेको छ भने बालमैत्री वडा हुन थोरै सुचक यताउता भएता पनि घोषणाका लागि सुचक पुरा गरेको हेटौंडा १९ का वडाध्यक्ष नरनाथ सुबेदीले बताए ।

साविकको बसामाडी गाबिस वडा १ ,२ , ४ , ६ र ७ मिलेर बनेको वडा क्षेत्रफलको हिसाबले कुलक्षेत्रफल ४७.०७ वर्ग किलोमीटर रहेको र सबैभन्दा ठुलो वडा रहेको बताए मानिन्छ । २०७९ घरधुरी रहेको छ भने कुल जनसंख्या १०,०९४ रहेको जनाकारी दिएका हुन् ।

जसमा ४९९३ महिला , ५१०१ पुरुष , ३३५० बालबालिका छन् , बालक १७२७ , बालिका १६२३ रहेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानिया, उपमहानगर का प्रवक्ता तथा हेटौंडा १ का वडाध्यक्ष सबिन न्यौपाने बिभिन्न वडाका अध्यक्ष, उपमहानगर प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रासाद गौतम। सरकारी, गैरसरकारीमा आवद्ध, टोलबिकासका अध्यक्ष पदाधिकारी लगायतको उपस्थिति रहेकाने थियो ।