
हेटौंडा । आस्रय नेपालले हेटौंडा–११ का दलितहरुलाई कुखुराको चल्ला र दाना सहयोग गरेको छ । आइतबार बिहान एक कार्यक्रमकोबीच अस्राय नेपालले हेटौंडा–११ वडा कार्यालयको आर्थिक सहयोगमा ४० घरधूरिका विपन्न दलितहरुलाई ल्वाट्न कुखुराको चल्ला र दाना सहयोग गरेको हो ।
ग्रामीण जीवनस्तर सुधार मञ्च हेटौंडाको आयोजनामा भएको कार्यक्रममा सिमलटारका २५ घरधूरिमा पनि चल्ला र दाना सहयोग गरिएको हो । आस्रय नेपालकी अध्यक्ष सुनिता विडारीको अध्यक्षतामा हेटौंडा–११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो ।
विभिन्न वर्गका दलित वर्गका मानिसहरुलाई आयआर्जन सँग जोड्दै आर्थिक वृद्धि गराउनका लागि सहयोग गरेको संस्थाकी सचिव मनिसा विश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्