
हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान २०८१ अन्तर्गत ४ हजार नागरिकको संकलन गरिएको हस्ताक्षर गृहमन्त्रालयका लागि जिल्ला प्रशासन मकवानपुरमा बुझाईएको छ ।
हेटौंडा अस्पताललाइ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिन हुदैन भन्दै विशालराज महतको संयोजनमा गएको फागुन ११ गतेदेखि सुरु भएको नागरिक हस्ताक्षर अभियान फागुन १९ गते सोमबार सम्म गरिएको संयोजक महतले बताए ।
सोही क्रममा आम नगरिकहरुले समेत सोही कुरालाई सर्मथन गर्दै गरेको ४ हजार नागरिकको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत गृहमन्त्रालयलाई बुझाइएको बताएका हुन् ।
नागरिकको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने माग सहित नगरिकको विचार समेत लिएको कुराहरु प्रमुख जिल्ला अधिकारी समक्ष राखिएको संयोजक महतले बताए ।
संयोजक महत, सहित अधिवक्ता केशव गौतम राजनीति दलमा आवद्ध व्यक्तीत्वहरु लगायतको उपस्थितिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्