
बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन ६ गतेदेखि राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवहुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा -१० स्थित टिसिएन चौरमामहोत्सवको गृहमन्त्री रमेश लेखकले समुद्घाटन गर्ने जानकारी गराईएको हो । करिब १० वर्षपछि दोस्रो संस्करणको रुपमा महोत्सव २०८१ आयोजना गरिएको निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले बताए ।
अध्यक्ष कडेलले बताए अनुसार ‘६ गतेबाट हुने महोत्सवको तयारी लगभग पुरा हुने क्रममा भएको छ ।
महोत्सवमा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ हेटौंडा आइडल, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मनोरञ्जनात्मक बाल उद्यान समेत रहनेछ ।
निर्माण क्षेत्रमा प्रयोगमा आएका सामग्रीको प्रदर्शनी र विक्रीलाई जोड दिइने दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी, सामुन्द्रिक माछाहरुको वृहत प्रदर्शनी हुने छ ।
६ गतेबाट सुरु हुने भएसंगै महोत्सवमा ‘प्रत्येक दिन राष्ट्रिय कलाकारहरु सुगम पोखरेल ब्याण्ड चर्चित कलाकारहरु पशुपति शर्मा, दुर्गेश थापा, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, विश्व दोङ, अस्मिता अधिकारी, उर्गेन दोङ, कमल खत्री, शान्तिरानी परियार, रमेशराज भट्टराई, जिबब, पुस्कल शर्मा, राजु परियार, ज्योति मगर, हेमन्त शर्मा, प्रिति आले राजु लामाको प्रस्तुती रहने छ ।
पत्रकार सम्मेलन मार्फत नै कार्यक्रम सफल पार्न आग्रह गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्