
बागमती प्रदेशको राजधानी हेटौंडा१० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आयोजना गर्ने भएको छ ।
मङ्लबार पत्रकार सम्मेलन गर्दै फाल्गुन – १५ गते मनाइन लागेको वार्षिक उत्सव तथा अभिभावक दिवस को बारेमा जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाद्धारा गरिन लागेको प्रिन्सीपल रघुनाथ खरालले बताए ।
विगतमा केही समय आयोजना गर्न नसकेको वार्षिक उत्सव तथा अभिभावक भेला यसपटक भने निकै भव्य तरिकाले गरिन लागेको बताएका हुन् ।
बिद्यालयमा बिविध कार्यक्रम अन्तरगर्त बिभिन्न संस्कृतिका नृत्य गराइने सप्ताहव्यापी कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गर्ने, ३ जना शिक्षक र एक जना कर्मचारीलाई सम्मान गरिने बताए ।
हाल तुल्सी मेहरमा १ हजार १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको बताउदै होटल म्यानेजमेन्ट संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूद्धारा खाना महोत्सव आयोजना साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनी हुने प्रिन्सीपल खरेलले बताए ।
फागुन १५ गते बिहान १० बजेदेखि बिद्यालयकै परिसरमा सुरु हुने कार्यक्रमलाई सफल बनाउनका लागि उपस्थितिजनाउन अनुरोध गर्दै सबैको साथको अपेक्षा रहेको र साथ पाउने विश्वास रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्