हेटौँडा उपमहानगर पालिकामा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर १५स्थित रातमाटेमा हेटौँडाबाट अम्लेखगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल र हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्बरको बस ठोक्किएको हो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ का ३७ बर्षिय शिब प्रसाद सुबेदीको मृत्यु भएको हो भन दुर्घटनामा परि मोटरसाइकल चालक दोलखा शैलुङका ४६ बर्षीय थनक प्रसाद दुलाल घाइते भएका छन् ।

घाइते दुलालको चुरेहिल अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

फाइल फोटो – गुगलबाट