Rato Samachar
Fri, 24 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

स्ववियु निर्वाचन घोषणा गर्न माग

अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गर्नुभएको हो । “प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरुमा करिब १४ वर्षदेखि हुन सकिरहेको छैन । पछिल्लो समय २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसहरुमा पनि झण्डै ६ वर्षदेखि निर्वाचन हुन सकिरहेको छैन”, ज्ञापनपत्रमा भनिएको छ, “स्ववियु बन्धक बनाउने विश्वविद्यालयको अलोकतान्त्रिक रबैया सच्याएर तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरियोस् ।” यस्तै ज्ञापनपत्रमा तत्काल खुल्ला विज्ञापन गरी खुल्ला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति परिपूर्ति गर्न, प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गर्न माग गरिएको छ । यस्तै शैक्षिक क्यालेन्डर बनाई सोही अनुरुप विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा सञ्चालन र परिणाम प्रकाशन गर्ने ब्यवस्था गर्न, परीक्षाको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्दै सबै तहका परीक्षाको परीक्षाफल ढिलोमा तीन महिना भित्रमा प्रकाशित गर्न, विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्नसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तै त्रिविका पदाधिकारी र विभिन्न नियुक्तिमा हुने भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रमहरू हाल विना विकल्प बन्द गरिएकाले हजारौँ विद्यार्थीहरू काम गर्दै स्व–अध्ययन गर्ने अधिकारबाट वञ्चित भएकाले निश्चित आधार तयार गरी तत्काल प्राइभेट परीक्षा खुलाउनसमेत माग गरिएको छ । यसैगरी त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू विद्यार्थीलाई पायक पर्ने स्थानमा निर्धारण गर्न र सेमेस्टर प्रणालीको शुल्क तत्काल समायोजन गर्न पनि माग गरिएको छ ।—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

Exploring Popular Games at the Best Online Casino in Canada

Скачать Pin Up kz: все доступные разделы и сервисы для пользователей

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

Uživatelské recenze: Klady a zápory aplikace Mostbet APK

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology