स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको, शाखा कार्यालय सैनामैनाले कुसन बनाउने तालिम सम्पन्न गरेको छ ।

सदस्य दिदीबहिनीलाई सक्षम बनाउने भन्दै पौष महिनाको २६ गते देखि सुरु गरिएको ३ दिने कुसन बनाउने तालिम आज सम्पन्न गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सैनामैनाका शाखा प्रमुख भुवन आचार्यको सभध्यक्षता स्वरोजगार लघुवित्त वित्तिय संस्थाका लुम्बिनी ,कर्णाली र सुदुरपस्चिम प्रदेश प्रमुख मधुसुदन पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रशिक्षक सरस्वती पौडेल, दिया राना ,कर्मचारी एवम उक्त तालिममा ७० सदस्य दिदीबहिनीहरु सहभागी भएका थिए ।

तालीमलाई कुशलतापुर्वक सम्पन्न गर्न सहयोग गने र तालिम निेहरुलाई धन्यवाद दिदै आय आर्जनमा सहज बनाउन तालिम दिइएको र सबै दिदिबहिनी हरुले आफुले सिकेको सिपलाइ व्यवहारमा ल्याइ स्वरोजगार हुन अतिथिहरुले अनुरोध गरे ।

कर्मचारी चन्द्रदेब खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।