Rato Samachar
Thu, 12 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । छ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ प्रतिशत)भन्दा बढी हो । शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्याङ्कमा कर्णाली र मधेस प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन् । नेपालमा ६२ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन् । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिनुभयो । उहाँले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताउनुभयो । बहुसूचक सर्वेक्षणले गण्डकीमा २९ र बागमती प्रदेशमा ३० प्रतिशतले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएको देखाएको छ । त्यस्तै जन्मेको दुई वर्षसम्म निरन्तर स्तनपान गराउने आमाको सङ्ख्या ८९ प्रतिशत छ । दूधदानी (बोटल फिडिङ)बाट खुवाउनेको सङ्ख्या १२ प्रतिशत छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले जन्मिएको एक घण्टाभित्र गराइने स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउने बताउनुभयो । “दूधदानीबाट आमाको वा अन्य दूध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्न नियमन र अझै सचेतनाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ”, नर्सिङ अधिकृत खत्रीले भन्नुभयो, “यद्यपि कर्णाली प्रदेशमा दूधदानीबाट दूध खुवाउने सङ्ख्या कम नै छ, हरेक सार्वजनिक संरचनामा स्तनपान कक्ष, स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री विकास गर्न सके स्तनपानका लागि सहज मद्दत पुग्दछ ।” जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान गराउनु, शिशु छ महिना पूरा नभएसम्म स्तनपान मात्र गराउनु र कम्तीमा दुई वर्षसम्म अन्य पौष्टिक आहारसँगै निरन्तर स्तनपान गराउनु बाल स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

2

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

3

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

4

ईलाका प्रहरी मनहरी प्रमुख थापा भए पौष महिनाको सर्वोत्कृष्ट

5

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

6

‘रामायणः राइज अफ अ लेजेन्ड’ ४ हजार करोडमा बनेको फिल्म विहिबारदेखि प्रर्दशनमा

7

मेयरकप फुटबल प्रतियोगिता, वर्षाको कारण स्थगित दुई खेल आज हुँदै

8

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

9

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

10

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology