तदर्स समिति गठन भएपछि सामूहिक तस्बीर खिचाउँदै ।

हेटौंडा । अप्टिक व्यवसायी संघ (ओपान) मकवानपुरको समिति गठन भएको छ । शनिबार हेटौंडा–१,स्थित बुद्ध अप्टिकलको प्राङ्गणमा भएको भेलाले सुदीप सिंह ठकुरीको अध्यक्षतामा अप्टिक व्यावसायी संघ ( ओपान) मकवानपुरको तदर्स समिति गठन गरिएको छ । ओपान केन्द्रीय समितिको समन्वय भएको भेलाले सुदीप सिंह ठकुरीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो ।

ओपान मकवानपुरको उपाध्यक्षमा अशोक सिंह, सचिवमा गणेश प्रसाद दहाल र कोषाध्यक्षमा रिता दवाडी ठकुरीलाई चयन गरिएको छ । यस्तै, सदस्यहरुमा इन्द्र चन्द्र नयाँ बानियाँ, धिरज भण्डारी, पूर्ण बहादुर थिङ, शेखर बलामी र एहसान अन्सारी चयन भएका छन् । ओपान केन्द्रीय समितिका प्रतिनिधिहरुको प्रमुख आतिथ्मा भेला भएको हो ।

व्यवसायीको हकहित, रक्षा, गुणस्तरीय सेवाको व्यवसायीको एकताको लागि समिति गठन गरिएको अध्यक्ष ठकुरीले बताए । हेटौंडा–१०,स्थित शान्ति अप्टिकलका सञ्चालक समेत रहेका ठकुरीले २०७९ सालबाट संघ दर्ता गर्नका लागि पहल गरिरहेका उनले बताए ।

संघका केन्द्रीय अध्यक्ष उमेश कुमार तुलाधार, उपाध्यक्ष राजकुमार श्रेष्ठ र महासचिव रवीन्द्र पाठकको उपस्थितिमा समिति गठन भएको उनले बताए ।

उनले हेटौंडामा २०६५ सालदेखि  चसमाको व्यवसायी गर्दै आएको बताए । उनका अनुसार करिब ८ वर्ष वीरगन्जमा व्यवसायी गरेका थिए ।  हेटौंडामा हाल सम्म १५ वटा चसमा पसल रहेको उनको भनाई छ ।

संघका सचिव ज्ञानेन्द्र अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी