नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनको माहोल निकै तात्तिएको छ ।

सभापतिको उम्मेदवारहरु बाजी मार्ने दौडमा छन् । यसैक्रममा सभापतिका उम्मेदवार जयराम लामिछानेले गुटको नभइ आफुले सधैविचारको राजनीति गर्ने बताएका छन् ।

बुधबार बिभिन्न व्यक्तीहरुसंगको छलफलमा लामिछानेले समृद्ध कांग्रेस सुखी नेपाली बनाउन तर्फ कसरी सकिन्छ भनेर सल्लाहा सुझाव मागेका छन् ।

कांग्रेसीहरुले विपिको बिचार र सिद्धान्तहरु अनुसरण काम नगरेको र हरेक कांग्रेसीको हातमा विपिको किताब बाढ्नुपर्ने, कांग्रेसको स्थापना हुँदा २५ जनाबाट सुरु भएर ७० हजारको हाराहारीमा पुग्दा विचारको आकार उस्तै रहेको, ‘चुनावी समयमा भेट्न पुग्ने र चुनावपछि बेपत्ता हुने प्रवृत्तिलाई कांग्रेसमा सुधार गर्नुपर्ने बताए उपस्थित व्यक्तीत्वहरुको भनाइ थियो ।

तर, पनि अधिवेशन अघि यस्तो कार्यक्रम आयोजना गरि रायसुझाव संकलन कुनै उम्मेदवारले नगरेको समयमा स्वागतयोग्य कार्य रहेको बताउदै लामिछानेलाई जितको लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

लामिछानेले रायसुझाव दिने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा सुधार गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली लेखक संघका केन्द्रिय सदस्य ह्याग्रीब आचार्य, डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले,अधिवक्ता कृष्ण प्रसाद छत्कुली, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल ‘माइकल’, कांग्रेस नेतृद्वय उमा दाहाल, रिता खनाल, कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको उपस्तिथि रहेको थियो ।

सभापतिका उम्मेदवार लामिछानेको प्यानलमा हालसम्म उप सभापतिको लागि आनन्द कठायत, धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक र सहसचिवमा इन्दिरा न्यौपाने उम्मेदवार रहेका छन् ।