तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा मोर्चाबन्दी गरेको आरोपमा क्रान्तिमा सहभागी कम्युनिष्ट योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सम्झना श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरिएको छ ।

तत्कालीन सरकारले यी पाँच जनालाई इलाम र झापाको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेपछि यो घटना ‘सुखानी काण्ड’ को नामले चर्चित छ । विसं. २०२९ साल फागुन २१ गते अर्थात ४९ वर्षअघि उहाँहरुको हत्या गरी शहादत प्राप्त भएको सम्झनामा शनिबार सुखानी शहीद स्मृति प्रतिष्ठान नेपाल, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र अन्य कम्युनिष्ट पार्टीहरुले काठमाडौंमा श्रद्धाञ्जली सभाको कार्यक्रम आयोजना गरेको छ ।

२०२७ सालमा केपी शर्मा ओली, सीपी मैनाली लगायतको नेतृत्वमा झापा क्रान्ति शुरु भएपछि यसै क्रान्तिमा सहभागी  पाँच जनाको हत्या गरिएपछि सुखानी काण्ड नामले नेपाली राजनीति र व्यवस्थामा नयाँ मोड लिएको थियो । यसैको सम्झानामा यी युद्धाका शहीदहरूप्रति शनिबार श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरेको नेत्रविक्रम चन्द विप्लपले बताउनुभयो ।

प्रतिष्ठानले उहाँहरुको सम्झनामा निर्माण गरिएको इलाम र झापाको सिमानामा पर्ने घटनास्थललाई शहीद स्मारकमा माल्यार्पण गरेर सम्मान गरेको छ । सरकारले कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसँगै हत्या गरिएका उहाँहरुलाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गरिसकेको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो