Rato Samachar
Tue, 23 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा

शिवभक्तिको महिमा गाइने साउनको महिना छ । भक्तजन पुकारा गर्दैछन्, ‘हे भोलेबाबा..! हे शिवशङ्कर..! हाम्रो उद्धार गर ।’ तर महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर आफैँ अस्तित्वको सङ्कटमा छ । बडहरी र रातु नदीको सङ्गम (दोभान)स्थित यो प्राचीन शिवालय वर्षेनीको कटानबाट अस्तित्वको सङ्कटमा परेको हो । साउन लागेपछि भोलेबाबालाई गाईको दूध, पवित्र जल र बेलपत्र चढाउन पुग्नुभएकी छिमेकी बस्ती पलारकी सियानकीदेवी बाँतरले भन्नुभयो, “ खै अहिले हजुरसँग दःुखको के पुकारा गराँैं ? तपाइँ आफैं अस्तित्वको सङ्कट झेल्दै हुनुहुन्छ, आउने वर्ष यहाँ आउँदा हजुरलाई सुरक्षित देख्न पाउँ ।” मन्दिरमा दर्शन र जलपूmल चढाउन पुग्ने भक्त अहिले आफ्नो दुःख बिर्सेर भगवान शिवकै सुरक्षाको चिन्ता गरिरहेका त्यहाँ भेटिन्छन् । मन्दिरमा जलपूmल चढाएर बडहरी नदीको बाढीले ढालेको मन्दिरको डिलमै उभिएर छिमेकी बस्ती मदनपट्टीकी श्रद्धालु सुशीला यादवले पनि सियानकीको जस्तै चिन्ता व्यक्त गर्नुभयो । सियानकी र सुशीलामात्र नभएर मन्दिरमा भगवान शिवलाई पवित्र जल, बेलपत्र चढाउन पुगेका सयौँ श्रद्धालु मन्दिरको डिल बाढीले झारेको देखेपछि विह्वल बन्दछन् । रातु र बडहरी नदीको सङ्गमस्थित यो ३०० वर्ष पहिले पत्ता लागेको मन्दिर पछिल्ला केही वर्षयता वर्सेनि दुबै नदीको बाढीले कटान गर्दै लगेपछि अब मन्दिर नै ढल्ने चिन्ताले यहाँका सर्वसाधारण चिन्तित बनेका हुन् । नदी किनारको २५÷३० बिघाभन्दा बढीको चउर माझमा रहेको यो मन्दिर अहिले वर्षेनिको नदी कटानले असुरक्षित बनेको छ । मन्दिर परिसरमै नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने वा बग्ने स्थिति बनेको सिद्धपुर बस्तीका सर्वसाधारण बताउँछन् । रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढलिसकेको छ । पूर्व र दक्षिणतर्फको मन्दिर परिसरको चउर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चोमा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा र अतिक्रमण हटाउन कतैबाट पहल नहुँदा मन्दिरको बिजोग भएको नजिकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गर्नुभयो । करिब ३०० वर्षअघि एकजना दुधारीबाबा नाउँका साधुले सपनामा पाएको सन्देसअनुसार खोजी गर्दै जाँदा घना जङ्गलबीच शिवलिङग फेला पारेर त्यसको प्रतिष्ठा गरेर सिद्धनाथ माहादेव नामाकरण गरेका यहाँका बुढापाका बताउँछन् । “दूधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना सुरु गरेका हाम्रा बाजेले बताउनुभएको हो”, आपूm सानो छँदा बाजेले मन्दिरबारे बताएका कुरा सम्झदै पूर्व प्रशासक भङ्गाहा–२ सिङ्ग्याहीको बखरीटोलका ६० वर्षीय जिवछसिंह थारुले भन्नुभयो, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको विजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।” विगतमा वृृहत्तर जनकपुर क्षेत्र विकास परिषद, तत्कालिन जिल्ला विकास समिति र भङ्गाहा गाविस (नगरपालिका बन्नुपूर्व) ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँ÷ठाउँमा बालुवा थुपार्न बाहेक केही नगरेको सिद्धपुरका बासिन्दाको गुनासो छ । हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर रहने नरहने स्थितिमा पुगेको सिद्धपुरका सामाजिक कार्यकर्ता शङ्कर साहले चिन्ता व्यक्त गर्नुभयो । महाशिवरात्री र साउन महिनाभरि यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी राख्ने गरेपनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान (धर्मशाला) र प्राथमिक उपचारसम्मको पनि कुनै व्यवस्था नगरिएको सिद्धपुरका बासिन्दाको रोष छ । “अब त मन्दिर मात्र होइन, बडहरि नदीले सीतापुर धतियाटोल र सिद्धपुर बस्तीनै लाने डर छ, घरकै छेउमा नदी बग्न थाल्यो” भङ्गाहा–५ सीतापुरका सामाजिक, राजनीतिक कार्यकत्र्ता शोभित खत्वेले भन्नुभयो । यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने मन्दिर सुरक्षाका लागि वर्सेनि केहीनकेही गरिँदै आइएको बताउनुहुन्छ । तर नगरपालिकाको सीमित स्रोत साधनले दीर्घकालिन सुरक्षाका उपाय अवलम्बन भने गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ । यसका लागि सङ्घीय र प्रादेशिक सरकारले समेत पहलकदमी लिइदिनपर्ने साहको माग छ । “कुरा त सुनैकै हाँै नि, काम भएपो भयो भन्ने बुझ्नु”, सिद्धपुरका ७० वर्षीय सोगारथ साहले भन्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लोकप्रिय



भर्खरै

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology