पत्रकार सम्मेलनमार्फत साहित्य उत्सव कार्यक्रमको बारेमा जानकारी गराउदै साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेल ।

हेटौंडा । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधामा ८ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । आउँदो शनिबार सङ्गम मकवानपुरले ३३५ औँ नियमित साहित्य सन्धया एव्म साहित्य उत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा ८ जना स्रष्टालाई सम्मान गर्ने भएको हो । शुक्रबार हेटौंडा–४,स्थित सिस्नुपानी मकवानपुर र साहित्य सङ्गम मकवानपुरको संयुक्त सभाहलमा पत्रकार सम्मेलन मार्फत साहित्यक उत्सव–२०८२ को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै सम्मान सम्पर्ण गर्न लागेको संगमका सचिव मनोज पोखरेलले बताएका छन् ।

हेटौंडा–४,स्थित हेटौंडा पार्टी प्यालेसमा हुने कार्यक्रमको उद्धाटन समारोहमा सम्मानको कार्यक्रम हुने सचिव मनोज पोखरेले बताए । डा.केशव श्रेष्ठले स्थापना गरेका साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८१ बाट २५ हजार १ रुपैयाँको नगद सहित अभ्य श्रेष्ठलाई सम्मान गरिने सचिव पोखरेलले बताए । जिल्ला विकास समिति मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य सम्मान–२०८२ बाट सिस्नुपानी मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने र विशाल अधिकारी (आसुँतोष)ले स्थापना गरेका भेषनाथ अधिकारी स्मृति छन्द सम्मान–२०८१ बाट टिका अत्रेयलाई सम्मान गरिने उनले बताए । उक्त सम्मानको पुरस्कार राशिको रकम १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याबसन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले स्थापना गरेको विनोद सुवेदी सम्मान २०८१ बाट ११ हजार १ सय ११ रुपैयाँको नगद सहित पत्रकार रामकुमार एलनलाई, दीपक मुडवारीका परिवारले स्थापना गरेका दीपक मुडवारी स्मृति सम्मान २०८१ बाट समीर पाख्रिनलाई १० हजार रुपैयाँको नगद सहित, देव श्रेष्ठले स्थापना गरेका मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट ववि थापा र मुक्तिगोविन्द वैद्यले स्थापना गरेका मुक्तितारा सम्मान २०८१ बाट यथ लामालाई १० हजार रुपैयाँको नगद राशि सहित सम्मान गरिने उनले बताए । ऋषि केवि र पूणयशीला श्रेष्ठले स्थापना गरेका रामहरी देवु सम्मान २०८१ बाट मसान उपासकलाई १० हजार रुपैयाँको नगदराशि सहित सम्मान गरिने उनले बताए । सम्मान कार्यक्रम पछि सम्मानित श्रष्टाको रचना वाचन, प्यानल छलफल, गजल, मुक्तक कविता वाचन, सङ्गम अनुगुञ्जन र समापन कार्यक्रम हुनेछ ।

पत्रकार सम्मेलनमा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला लगायतको उपस्थिति रहेको थियो ।