Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार समाज

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए । सान फ्रान्सिस्कोको संघीय न्यायलयमा मंगलबार ११ सदस्यीय न्यायधीसको इजलासले उनलाई सम्पत्ति शुद्धिकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड’को एकाउन्टमा पनि दोषी ठहर गरेको थियो । अबुअम्मो अन्य पाँच वटा अभियोगमा निर्दोष ठहरिएका छन् । अबुआम्मोले सन् २०१३ देखि २०१५ सम्म ट्वीटरमा काम गरेका थिए भने मध्यपूर्व र उत्तरी अफ्रिकाका उच्च प्रोफाइल प्रयोगकर्ताहरूसँग मिडिया साझेदारीको व्यवस्थापन गरेका थिए । सञ्चार पोर्टलका अनुसार उनले साउदी सरकारको आलोचना गर्ने इमेल एकाउन्ट र फोन नम्बरहरू साउदी अधिकारीलाई पटक पटक उपलब्ध गराएका थिए, जसमा बेनामी रूपमा सञ्चालित अकाउन्ट ’मुज्तहिद’ पनि समावेश थियो । अभियोजक एरिक चेङले गत साता अन्तिम बहसमा अबुअम्मोले करिब एक वर्षसम्म आफ्नो वार्षिक तलबको तीन गुणा बढी घूस लिएको बताएका थिए । “हामी सबैलाई थाहा छ कि यस प्रकारको पैसा कुनै पनि चीजको लागि होइन । यद्यपि, ट्वीटरले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अबुअम्मो बुधबार अदालतमा सुनुवाइका लागि उपस्थित हुने कार्यक्रम छ । अमेरिकी सरकारले लेबनानी मुलका अमेरिकी नागरिक अबुअम्मोलाई साउदी सरकारको ओहदामा उक्लँदै गरेका बादर बिनासेकर नामका व्यक्तिले उक्त योजनामा सामेल गराएको बताएको छ । तीन सन्तानका पिता अबुअम्मोलाई सन् २०१९ मा सियाटलमा मुद्दा चलाइएको थियो, जहाँ उनी त्यतिबेला बस्थे र अमेजन इंकमा तीन वर्षपछि सोसल मिडिया कन्सल्टेन्टका रूपमा काम गरिरहेका थिए । उनले आफू निर्दोष रहेको दाबी गरेका थिए । अभियोजकहरूका अनुसार यो योजना सन् २०१४ को ग्रीष्मऋतुमा सुरु भएको थियो । अबुआम्मोले ट्वीटरको मुख्यालयको भ्रमणका क्रममा तत्कालीन साउदी युवराज मोहम्मद बिन सलमानका सहयोगी बिनासेकरलाई भेटेका थिए । त्यसको केही समयपछि नै यी दुईबीच निकट सम्बन्ध बनेको थियो । करिब छ महिनापछि, डिसेम्बरमा अबुअम्मोले कामको सिलसिलामा लण्डनमा बिनासेकरलाई भेटेका पाइएको छ । एरिक चेङले भन्नुभयो, “उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ । त्यो लक्जरी घडी निः शुल्क थिएन,” “राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ ।” अमेरिकी सरकारका अनुसार अबुअम्मोसँग उनका सहकर्मी अली अल्जाबराह पनि सामेल थिए, जसले ट्वीटरका लागि वेबसाइट मर्मत गरुको र उनलाई बिनासेकरसँग परिचय गराएको पुष्टि भएको छ । न्याय विभागले अल्जाबराह र अर्का व्यक्ति अहमद अलमुताइरीलाई साउदी अरेबियालाई निजी ट्विटर प्रयोगकर्तालाई जानकारी दिन भूमिका खेलेको आरोपमा विदेशी सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोप लगाएको छ । साउदी नागरिक अलमुताइरीले साउदी राजपरिवारका लागि काम गर्ने एक सामाजिक सञ्जाल कम्पनीलाई नियन्त्रण गरेको र अबुअम्मोलाई यस योजनामा भर्ना गर्न सहयोग गरेको अमेरिकी सरकारले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology