नेकपा विप्लव नेतृत्वमा विप्लव सहितका ६ दलहरुले भोली नेपाल बन्दको घोषण गरेसंगै फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् ।
फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सरकारले परिपत्र गरेको छ ।
शाखा अधिकृत सम्राट थापा मगरद्धरा हस्ताक्षर सहित शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा देशमा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
यता राष्ट्रघाती एमसीसी सम्झौतालाई अनुमोदनका लागि सरकार नेतृत्व देउवा सरकारले संसदमा टेबल गर्ने तयारी गरेको भन्दै खारेजीका विप्लव सहितका ६ दलहरुले संघर्षरत नेपाल बन्दको घोषण गरेको जनाएको हो ।
तस्बिर गुगलबाट
प्रतिक्रिया दिनुहोस्