नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई एकदीवसीय क्रिकेट टोलीको पनि कप्तान बनाउने भएको छ । यसअघि टी–२० राष्ट्रिय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारी पाउनुभएको सन्दीपलाई एकदीवसीय टोलीको पनि कप्तानको जिम्मेवारी दिएको क्यानका कार्यवाहक सचिव प्रशन्त मल्लले जानकारी दिनुभयो ।

क्यानले यसअघि हालै ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप ग्लोटबल छनोट खेलमा नेपालको कप्तानी गर्नुभएको थियो । नेपालले सन्दीपको कप्तानीमा मार्च १६ देखि २२ तारिखसम्म यूएईमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदीवसीय सिरिज खेल्दैैछ । सिरजमा नेपालले पहिलो खेल मार्च १६ तारिख पपुवा न्युगिनी (पीएनजी), मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

लिग–२ मा सात टोलीको सहभागी छन् । लिगमा आठ खेलबाट आठ अंक बनाएको नेपाल छैटौँ स्थानमा छ । अहिलेसम्म शीर्ष स्थानमा रहेको ओमानले २३ खेलबाट ३० अंक बनाएको छ । १२ खेल खेलेको स्कटल्यान्ड १६ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलबाट १४ अंक बनाएको छ । १० खेल खेलेको यूएईको १२ अंक, नौ खेल खेलेको नामिबिया १० अंक छ । १२ खेल खेलेको पीएनजीले कुनै पनि जित निकाल्न सकेको छैन ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो