रोशन दिप – शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले बिहीबार हेटौडामा पत्रकार सँग अन्तरक्रिया गरेको छ ।

केन्द्रिय निर्देशक हरिप्रसाद अर्यालले वर्तमान शिक्षा नितिमा गुणस्तरलाई ध्यान नदिइ मात्रामा बढी जोड दिएको कारण हरेक दिन शिक्षा प्रणाली झन् झन् खस्कदै गएको भन्दै विद्यार्थी सङ्ख्या १० भन्दा पनि कम भएका विद्यालय समेत मर्ज गर्न नसकेको बताए। शिक्षकहरुले आआफ्नो सुविधाको हिसावले विद्यालय छान्दै हिड्ने प्रवृतिको कारणले पनि मर्ज गर्न कठीन भएको जानकारी दिए ।

राष्ट्रको चौथो अंग भएको हुनाले शिक्षा क्षेत्रमा आइपर्ने नितिगत कठिनाइ तथा शिक्षा क्षेत्रमा भइरहेका हेरक कुरालाई पत्रकारहरुले प्राथमिकतामा राख्न जरुरी रहेको कुरामा जोड दिदै शिक्षासम्बन्धी नियमवाली, शिक्षा सम्बन्धी प्रावधानहरु, निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐनलाई जस्ता नीतिगत विषयलाई कसरी कार्यन्वयन तर्फ लैजाने भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

हेटौडा राष्ट्रिय परीक्षा बोर्ड प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख सुदिप गिरी, शिक्षा विकास महाशाखाका हेटौडा उपमहानगरप्रमुख हरिचन्द्र सापकोटा, पत्रकार महाँसंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितीमा अन्तरक्रिया गरिएको हो ।