
रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा शनिबार नेपाल शिक्षक संघ मकवानपुरको २३ औँ जिल्ला प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ जिल्ला समितिका सभापति गणेश हुमागाँइको सभाध्यक्षता र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाल शिक्षक संघमकवानपुरका सचिव श्रीराम लुइँटेलले प्रतिबेदन पेश गरे ।
नेपाल शिक्षक संघमा विभिन्न पदिय भूमिका निर्वाह गरि शिक्षक पेशाबाट सेवा निवृत्त भएका रामकुमार अधिकारीलाई सम्मान गरिएको हो ।
उनीसँगै मावितर्फ प्र।अ राजेन्द्र थापा, निमावितर्फ प्र।अ अतुलबहादुर सुनार र प्रावितर्फ प्र।अ घडलाल स्याङ्लानलाई सम्मान गरिएको हो ।
त्यसैगरि मावितर्फ उत्कृष्ट विद्यालयमा भीमफेदी ८ स्थित पञ्चकन्या, निमावि अन्तर्गत हटौंडा उपमहनगरपालिका–१ स्थित कालिका आधारभूत विद्यालय, बागमती गाउँपालिका–१ स्थित गीता आधारभुत प्रावि भोर्लेनि, स्थानीय तह अन्तर्गत बकैया गाउँ कार्यसमिति उत्कृष्ट घोषित भए ।
बागमती प्रदेश शिक्षक संघ अध्यक्ष दिपक सिम्खडा, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाई, नेपाली काँग्रेस मकवानपुरका पुर्व सभापति तथा सल्लाहकार माइकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, संघका जिल्ला अर्थ सचिव धनबहादुर लामा लगायतको सहभागितामा भएको हो ।
प्रतिक्रिया दिनुहोस्