हेटौंडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हरक साम्पाङ हेटौंडामा आउने भएका छ्न् । यही शनिबार हेटौंडा-४,स्थित हुप्रचौरमा हुन लागेको श्रम संस्कृति पार्टी मकवानपुरको सगठन विस्तार तथा जिल्ला भेलाको कार्यक्रमलाई सम्बोधन गर्न धरानका मेयर हेटौंडामा आउन लागेको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले हेर्दिन म अरुको आश,बन्दिन म जिउँदो लाश सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ । हाल सम्म मकवानपुरको ८ वटा पालिकामा पार्टीको सगठन बिस्तार गरिसकेको बताइएको छ ।

साम्पाङको नेतृत्व पार्टीको अन्य विभिन्न ठाउँमा जिल्ला भेल सम्पन्न गरिसकेको बताइएको छ । २० गतेबाट २५/२५ मिटरको सडक बिस्तार हुने भएपनि कार्यक्रमको मिति तय भएको बताइएको छ । कार्यक्रम अधि बुद्धचोकबाट र्‍याली सुरु गरेर  कान्तिराजपथ सिमाचोक हुँदै हुप्रचौरमा आएर कार्यक्रम सुरु गर्ने बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी