प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्।
उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गरे। उनले भने, ‘विकासको लागि नेपाल सरकार सदैव प्रतिबद्ध छ। गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष हो। ठाउँको कमी छ, जग्गा चाहियो भन्ने करा उठाए। यो जायज कुरा हो। समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रीपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु चाहन्छु। विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन्। तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन। राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ।’
शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिबद्ध रहेको पनि बताए।
उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रीपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए।
प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए।























प्रतिक्रिया दिनुहोस्