जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा सहित, २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ३५ किलो ४ सय ग्राम लागूऔषध गाँजा, बोलेरो गाडी सहित २ जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर–९ स्थित पूर्ब पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँचको क्रममा बोलेरो गाडीमा ३५ किलो ४ सय ग्राम लागूऔषध गाँजा फेलापारि २ जनालाई पक्राउ गरेको हो ।

शनिबार बेलुकी मनहरी तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना. ५ च २३६१ नम्बरको बोलेरो पिकअप गाडीलाई चेकजाँच गर्दा बोलेरोमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध गाँजा सहित फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बोलेरोको चालक सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर–५ बस्ने २२ वर्षीय किरण घिमिरे , सोही गाडीमा सवार सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–७ घर भएका अन्दाजी २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् ।

लागुऔषध गाँजा र बोलेरो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।