पर्साको वीरगंज महानगरपालिका–२५ सिर्सियाबाट प्रहरीले लागुऔषधसहित बाराका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहामनगरपालिका–१३ बस्ने ३७ वर्षिय निरज कुमार मेहता रहेका छन् ।

सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकाष्पद रूपमा पैदल हिंडिरहेका मेहतालाई २४० एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथमा रहेको झोला चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याईएको लागुऔषध नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका उनलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।