हेटौंडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा अमीतकुमार सिंहको पदस्थापना भएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमकोबीच रोट्रयाक्ट क्लब अफ मकवानपुरमा वर्ष २०२४/२५ की अध्यक्ष श्रीजना लामिछानेले २०२५/२६ का लागि अध्यक्ष सिंहलाई पद हस्तान्तरण गरेकी हुन् । रोट्रयाक्ट क्लबको १० औं पदस्थापना कार्यक्रमबाट अध्यक्षमा पदस्थापित सिंहले नयाँ कार्यक्रमहरुको आयोजना गर्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने जानकारी गराएका छन् । रोटर्याक्ट अभियानमा लागेको छोटो अवधीमा अध्यक्ष पदमा निर्विरोध चयन भएकोमा खुशी व्यक्त गरे ।
उनले वर्ष २०२५/०२६ का लागि उपाध्यक्षमा सुजन राई, सचिव जमुना थापा, कोषाध्यक्ष रचना कार्की, सर्जन एट आम्स मैयाँ थापा, क्लब एड्मिन चेयरमा गंगा थापा, रोटर्याक्ट लर्निङ फेसिलेटर दिपेश खनाल, सर्भिस प्रोजेक्ट चेयरमा कृष्ण अधिकारी, योङ लिडर्स कन्ट्याक्ट् करुण खतिवडा, पल्ब्लिक इमेज चेयर सरिता उप्रेती, मेम्बरसिपमा चेयर रविना घिमिरे, फेलोसिपमा चेयर स्वस्तिका अर्याललाई मनोनित गरेको बताए । मेयर लामाले युवाहरुको संस्था रोटर्याक्ट क्लब अफ मकवानपुरसँग सहकार्यका लागि उपमहानगरपालिका तयारी रहेको विश्वास दिलाइन् । युवाहरुलाई रोजगारीसँग जोड्ने उद्देश्यले हेटौंडामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको उनको भनाई छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीजना लामिछानेले रचना कार्की, सुजन राई र अमित सिंहलाई विभिन्न अवार्ड प्रदान गर्दै आफ्नो कार्यकालका सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेकी छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष विजयकुमार श्रेष्ठ, रोटर्याक्टका एडिआरआर मिलन ढकाल, रोटर्याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष प्रदीपकुमार राईल लगायतको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया दिनुहोस्