हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) केन्द्रिय सभापति रवि लामिछाने पक्राउको कारण राजनीतिक प्रतिशोध भएको भन्दै देशका बिभिन्न स्थानमा पार्टीद्धारा बिरोध भइरहेको छ ।
यसैक्रममा सोमबार (रास्वपा) मकवानपुरले पनि बिरोध र्याली निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला पार्टी कार्यालय हेटौंडा – १० बाट रास्वपा युवा सङ्गठन द्रूत कार्य टोली( RAT ) मकवानपुरको आयोजनामा बिरोध र्याली निकालेको हो।
उपस्थितिमा सुरु गरिएको थियो भने बिभिन्न नारा सहित हेटौंडा नगर परिक्रमा गरेर सिमा चोकमा पुगि कोणसभामा परिणत भएको थियो।
बागमती प्रदेश प्रदेश संयोजक महेन्द्र श्रेष्ठको सभाध्यक्षता तथा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद विन्ध्ववासिनि कंसाकारको प्रमुख आतिथ्यतामा भएको कोणसभालाइ सम्बोधन गरिएको थियो ।
(रास्वपा) केन्द्रिय सभापति रवि लामिछाने पक्राउको कारणा राजनीतिक प्रतिशोध भएको पार्टीमा आवद्ध व्यक्तीत्वहरुको दावी छ ।
अनियमितता बेथिति र भ्रष्टाचारको विरुद्ध खबरदारी भन्दै यालीमा बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठ, रास्वपा मकवानपुर सङ्गठन विभाग प्रमुख विशालराज महत , रास्वपा हेटौंडा उपमहानगर समिति उपसभापति हरि बहादुर कुवर , रास्वपा हेटौंडा उपमहानगर ०४ न. वडा समिति सभापति रामहरि प्रसाईं लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्