नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा एमाले देशको विकास समृद्धि र नागरिकाको हित गर्ने पाटी भएको बताएका छन् ।
उनले सहि र गलतको  करेक्सन गर्न सक्ने एमाले नै र जनताकालागि पनि एमाले नै आवाश्यक रहेको दावी गरे।

उनले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई केन्द्रित गर्दै रङ्ग प्रतिस्प्रधा भयो भने छेपारो हार्ने निश्चित भएको बताए ।

सुक्रबार प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी हालको गठवन्धन हुँदै सम्झौता भएको र पारित गर्ने समयमा पनि सोहि गठवन्धननै सत्तामा रहेको बताएका हुन् ।

 

राजनिति अस्तिरताको खेल ‘क्लाइमेक्स’ मा पुगेको उल्लेख गर्दै एमसीसीको आडमा परमादेशबाट निर्माण भएको सरकारका एमाले  सहभागी नहुने उनको भनाई छ ।