मकवानपुरको राक्सिराङ्गमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग गाउँपालिकाको आयोजनामा मंगलबार गरिएको बन्ध्याकरण शिविरमा १ सय २१ जनाले सेवा लिएका छन्।
परिवार नियोजनको अस्थायी ईम्प्लान्ट र आइयुसिडीको लगाउने कार्यमा गाउँपालिकाको ३ स्थानमा अस्थायी बन्ध्याकरणको कार्यक्रमको आयोजना गरिएको हो ।
सरिखेत स्वास्थ्य चौकीमा सञ्चालित कार्यक्रममा २२ जनालाई ईम्प्लान्ट लगाएको र १९ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गराइएको प्रशासहिय प्रमुख देवचन्द्र गार्तौलाले बताए ।
उनका जानकारी अनुसार राक्सिराङ वडा नम्बर–८, देवीटार स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कार्यक्रममा १२ जनाले ईम्प्लान्ट लगाएको, र १ जनाले आइयुसिडी लगाएको हो ।

त्यसै गरि १७ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका छन् ।

राक्सिराङ वडा नम्बर –६ स्थित काँकडा स्वास्थ्य चौकीमा ४९ जनाले ईम्प्लान्ट लगाएका छन् भने १ जनाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका हुन् ।