
हेटौंडा । मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा लागूऔषध तथा हातहतियार फेला पारेको छ । गत जेठ ३१ गते मंगलबार ७ बजेको समयमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाबाट लागूऔषध तथा हातहतियार बेवारिसे अवस्थामा फेला पारेको छ ।
गाउँपालिका वडा नम्बर–१, ढुंगेनस्थित राजु स्याङ्तानको घरबाट अञ्दाजी ५०० मिटरको दुरीमा चन्द्रलाल मोक्तानको आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा १ थान घरेलु कटुवा पेस्तोल, ५ राउण्ड गोली र २ पोकामा १ किलो ४८० ग्राम लागूऔषध अफिम फेला बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्