
हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडामा योग शिविरको आयोजना गरिएको छ । ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ भन्ने मूल नाराका साथ मंगलबार हेटौंडामा करिब २०० जनाको सहभागितामा योग शिविर कार्यक्रमको आयोजना गरिएको हो । भारतीय महावाणिज्य दूतावास वीरगंजको मुख्य आयोजनामा भएको कार्यक्रमले मानिसमा योग प्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले योग लिएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले योग अभ्यासबाट प्राप्त हुने शारीरिक र मानसिक स्वास्थ्य लाभबारेमा बताएका थिए ।
उनले दैनिक योगाभ्यासमार्फत स्वस्थ र तन्दुरुस्त जीवन जिउन सकिने दावी गरेका थिए । भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले योग मानव स्वास्थ्य र समग्र कल्याणको लागि अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । योगले मानसिक सन्तुलन तनाव न्यूनीकरण र सामाजिक सद्भाव बढाउने भएकोले योगलाई ब्यहारिक रुपमा दैनिक रुपमा अभ्यास गर्नु पर्ने कुरालाइ जोड दिएका थिए ।संयुक्त राष्ट्रसंघले सन् २०१४ मा १७७ राष्ट्रको समर्थनमा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा घोषणा गरेको थियो । नेपाल त्यसका प्रमुख समर्थक राष्ट्रहरूमध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस्