हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१७ का किशोर खेलाडीहरु छनौट गर्ने भएको छ । आगामी भदौ ३० गतेदेखि असोज ११ गतेसम्म श्रीलंकामा हुन लागेको यु–१७ को साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताका लागि १७ कम उमेर समूहका किशोर खेलाडीहरु छनौट गर्न लागेको हो । यु–१७ को साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालमा खेलाडीहरुलाई सहभागी गराउनका लागि एन्फामा आवद्ध भएका फुटबल संघ तथा जिल्लाहरुलाई खेलाडी छनौट गर्न अनुरोध गरेको छ । साफ च्याम्पिनसीप फुटबलमा खेलाडीहरुलाई सहभागी गराउनका लागि प्रशिक्षण दिइने एन्फाले जानकारी दिएको छ ।
एन्फाले एक सूचना प्रकाशन गर्दै जिल्लास्तरीय खेलाडी छनौट कार्यक्रम साउन १० गतेसम्म हुनेछ भने प्रदेशस्तरीइ छनौट साउन १३ गतेदेखि १५ गतेसम्म हुनेछ । प्रदेशबाट छनौट भएका खेलाडीहरु साउन २२ गतेदेखि २५ गतेसम्म हुने एन्फाको केन्द्रीयस्तरको छनौट प्रतियोगितामा सहभागी हुन पाउने जनाइएको छ । केन्द्रीयस्तरको छनौटमा मुख्य प्रशिक्षकको जिम्मेवारीमा संजित सिंह रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्