मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ मा उद्योग सञ्चालनको नाउँमा रहेको युनिलिभर कम्पनीले ज्यादती गरेको भन्दै स्थानीयले आवाज उठाएका छन् ।

उद्योग सञ्चालनको नाउँमा कम्पनीले स्थानीयहरुलाई असर गर्ने खालको क्रियाकलाप जारी राखेर आफ्नो कम्पाउण्ड भित्र रहेको तौल पुल भत्काउन प्रयोग गरिएको मेसिनको कारण केहि दिन अघि मात्र निर्माण भएको आफ्नो पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएको स्थानीय नरहरी नन्दन बर्तौलाले बताएका छन् ।

हेटौँडामा रहेको न्यूज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मेसिन लगाएर तौल पुल भत्काउँदा आफुहरुको संरचनामा खतरा आउने जानकारी बाराम्बार दिँदा पनि उद्योगले जवरजस्ती मेसिन प्रयोग गरेर आफ्नो संरचना क्षति बनाईएको बर्तौलाले बताए ।

मेसिन लगाएर तौल पुल भत्त्काउँदा २०७८– पुस १७ गते मात्र उद्घाटन गरिएको पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएकाले आफुहरु पिडित भएको बताए ।

बर्तौला भन्छन् “ युनिलिभरले स्थानीयलाई पटक–पटक ज्यादती गर्दै आएको छ । करिब ५० लाख रुपैँया भन्दा अधिक रकम लगाएर निर्माण गरेँ । विना जानकारी ‘भ्राईबेट मेसिन’ प्रयोग गरियो । दुई वर्ष लगाएर ऋण गरेर निर्माण गरेको पार्टी प्यालेस उद्घाटन भएको तेश्रो दिनमानै पूर्ण स्वाहा भयो ।

उद्योग प्रमुखलाई जानकारी गराउँदा उल्टै हातपात पनि गरे । उनि भन्छन् सम्वन्धित वडामा जानकारी पनि दिएकै हुँ । युनिलिभर स्थापना हुँदा पनि चार धुर जग्गा कम्पनीको कम्पाउण्ड वाल भित्र परेको जानकारी गराउँदा समेत कम्पनीले उक्त जग्गा हालसम्म खाली समेत गर्न खोजेनन् ।”

पत्रकार सम्मेलन मार्फत नै स्थानीय निरध्वज खड्काले युनिलिभरले मापदण्ड विपरितका कामहरु गर्दै आएको बताए । उनले स्थानीयहरुको जग्गाको सिमानामा १४–१५ फिट सम्म लगाइएका अग्ला वालहरुका कारण दुर्घटनाको निकै जोखिम भएको बताए ।

अहिलेसम्म पार्कीङको समेत ब्यवस्थापन नगर्दा सवारीहरुको चापका कारण विद्यार्थीहरुलाई विद्यालय जान समेत समस्या भएता पनि बहुराष्ट्रिय कम्पनी युनिलिभरले निकै ज्यादती गरेको उनको भनाई छ ।

युनिलिभरले ज्यादती तत्काल रोकेर क्षति भएका संरचनाको क्षतिपूर्ति दिने व्यवस्था नगरेमा आफुहरुरुले न्यायको लागि कडा अन्दोलन गर्ने बताए ।