जूनको अन्त्यदेखि हडताल गरिरहेका आएरल्याण्डको ¥यानएअरका स्पेनी केबिन कर्मचारीले आफ्नो आन्दोलनलाई जनवरीसम्म लम्ब्याउने घोषणा गरेका छन् । स्पेनी संघ युएसओ र सित्प्लाले बुधबार दिएको जानकारी अनुसार अगस्त ८ देखि जनवरी ७ सम्म प्रत्येक हप्ता सोमबारदेखि बिहीबारसम्म थप आन्दोलन हुनेछ । संघले २२ दिन पारिश्रमिकसहितको बिदा र थप १४ वटा सार्वजनिक बिदा र स्वास्थ्य तथा सुरक्षासम्बन्धी नियमहरूजस्ता आधारभूत अधिकारको सम्मान गर्न माग जारी राखेका छन् । संघले यसपहिले आन्दोलनमा सहभागी भएको भन्दै पदबाट बर्खास्ता गरिएका ११ जना कर्मचारीलाई पुन ः स्थापित गर्न र हाल जारी रहेका अनुशासनात्मक कारबाहीहरू खारेज गर्न आग्रह गरेको छ । युएसओ यूनियनकी प्रवक्ता मोनिका ओर्टेगाले भनिन्, “उनीहरूले हामीलाई कुनै विकल्प नदिएका कारण आन्दोलनलाई विस्तार गर्नु परेको छ । कम्पनीले सामूहिक कार्य सम्झौता जस्तो आधारभूत कुरामा सम्झौता गर्न अस्वीकार गरिराखेको छ ।” यस वर्षको पहिलो छ महिनामा स्पेनी विमानस्थल हुँदै यात्रा गर्ने २२.३ प्रतिशत यात्रुहरू ¥यानएअरका भएका विमानस्थल सञ्चालक एनाले जारी गरेको तथ्याङ्कले देखाएको छ । ¥यानएअरका कर्मचारीको सोमबारदेखि बुधबारसम्मको आन्दोलनका कारण कूल २४ उडान रद्द भएका र स्पेनबाट ६८६ भन्दा बढी उडानहरू ढिला भएका बताइएको छ । –––
राष्ट्रिय समाचार समिति























प्रतिक्रिया दिनुहोस्