युद्धग्रस्त क्षेत्रमा फसेका युक्रेनी नागरिकलाई सुरक्षित क्षेत्रमा जानको लागि रुसले कब्जामा लिएको दक्षिण पूर्वी शहरहरू मेरिपोल र भोल्नोभाखामा आंशिक युद्धविराम गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि दशदिनदेखि जारी रुसी आक्रमणमा परेर मारिने डरले यसअघि नै १२ लाख शरणार्थीहरु छिमेकी देशमा पुगिसकेका छन् ।

युक्रेनका मागमाथि रूसी सेनाले स्थानीय समय अनुसार विहान ९ बजेदेखि शुरू भएकाे छ ।

–रूसी सेनाकाे नियन्त्रणमा रहेकाे भूभागहरू

शुक्रबार बसेको दोश्रो चरणको शान्ति वार्तामा देश छाड्न चाहने युक्रेनी जनतालाई द्वन्द्वगस्त इलाकाबाट सुरक्षित रुपमा छिमेकी देशसम्म सहज रुपमा पु¥याउन दुई देशबीच सहमति भएको थियो ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो