हेटौंडा । हेटौंडामा जारी पाँचौं संस्करणको मेयरकप फुटबल प्रतियोगितामा अन्तर्गत क्वार्टरफाइनलको खेल सुरु भएको छ । आइतबारबाट हेटौंडा–५,स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको पहिलो क्वार्टरफाइनल खेलमा जीत निकाल्दै हेटौंडा–३ र हेटौंडा–१५ सेमीफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनल चरणको खेलमा हेटौंडा–८ लाई ३–१ गोलले हेटौंडा–३ ले पराजित गरेको छ । हेटौंडा–३ को तर्र्फबाट विजय दोङले २ गोल गरेका थिए भने राहुल तामाङले आत्माघाती गोल गरे । यस्तै हेटौंडा–८ को तर्फबाट विजय दोङले १ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेन्न् । खेलको म्यान अफ द म्याच विजय दोङ घोषित भएका छन् ।
यस्तै, आइतबार भएकै दोस्रो क्वार्टरफाइनलको खेलमा हेटौंडा–१० लाई ३–२ गोलले हेटौंडा–१५ ले पराजित गरेको छ । हेटौंडा–१५ को तर्फबाट ऋषिराम मुक्तानले पहिलो हाफको २० मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफकै ३० मिनेटमा सुरेश वाइबाले गोल गर्दै अग्रतालाई बढाउन पुगेका थिए । दोस्रो हाफको खेल सम्म २–० गोलले पछि परेको दवाबमा ४३ मिनेटमा विके तामाङले गोल गर्दै सान्त्वना दिलाएका थिए । २–१ गोलले स्थितिमा पुगेको खेलको ४५ मिनेटमा पुन विके तामाङले थप एक गोल गर्दै टिमलाई पुन आगमन गराएका थिए । दुबै तर्फको खेल २–२द गोलको बराबरीको स्थितिमा चलिहँदा ६० जोड ४ मिनेटको समयमा अरुण गोलले गोल गर्दै टिमलाई ३–२ गोलले जित दिलाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच अरुण तामाङ घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गत भोलि क्वार्टरफाइनल चरणको २ खेल सञ्चालन हुनेछ । पहिलो खेलमा हेटौंडा–१ र हेटौंडा–११ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–७ र हेटौंडा–१८ को टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि २० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गर्दा उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकका लागि जनही १०÷१० हजार रुपैयाँको नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको प्रतियोगिताको उपाधि जितेको हेटौंडा–४ हेटौंडा–११ सँग उद्घाटन खेलमै पराजित भइसकेको छ ।


















प्रतिक्रिया दिनुहोस्